१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २३ शुक्रबार o७:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति उठ्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार o७:४६:oo

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका स्पिनर शक्ति गौचन रुपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा उठ्ने भएका छन् । नेपाली टोलीका सर्वाधिक सफल स्पिनर शक्तिले बिहीबार सामाजिक सञ्जालबाट रुपेन्देही क्रिकेट संघको अध्यक्षमा दाबेदारी प्रस्तुत गर्ने बताएका हुन् ।

क्रिकेट खेल र जिल्ला क्रिकेटको विकास लागि अध्यक्ष पदमा उठ्न लागेको उनको भनाइ छ । निर्वाचन अगामी ५ माघमा हुँदै छ । ‘क्रिकेट र खेलाडी विकासका लागि मैले अध्यक्षमा उम्मेदवारी दर्ता गर्न लागेको छु,’ शक्तिले भने, ‘नयाँ सोच र योजनासहित अगाडि बढनेछु ।’ रुपन्देहीका स्थानीवासी गौचनले रुपन्देहीलाई नेपालकै उत्कृष्ट क्रिकेट जिल्लाका रूपमा स्थापित गर्ने योजना रहेको बताए । 

उमेर समूहदेखि सिनियर टोलीको यात्रामा शक्तिले प्रेरणादायी प्रदर्शन गरेका छन् । शक्तिले नेपाली राष्ट्रिय टोलीबाट एकपटक मात्र एक दिवसीय खेलमा प्रतिस्पर्धा गरेका थिए । सन् २०१९ मा नेपालले इंग्ल्यान्डको भ्रमण गर्दा शक्तिले नेदरल्यान्डविरुद्ध प्रतिस्पर्धा गरेका थिए । एकदिवसीय खेलमा उनले चार ओभर बलिङ गरी १५ रन खर्चेका थिए । नेदरल्यान्डले दिएको एक सय ९० रनको लक्ष्य पछ्याउँदा शक्तिले ४४ बल सामना गरी केवल नौ रन मात्र बनाए । 

उनी सो इनिङ्समा नटआउट रहेका थिए । यही खेल नै उनको पहिलो तथा अन्तिम एक दिवसीय खेलका रूपमा रह्यो । अन्तर्राष्ट्रिय टी–२० मा उनले नौपटक नेपालबाट खेलेका छन् । जसमध्ये उनले पाँच इनिङ्समा १३ रन मात्र जोडे । 

अन्तर्राष्ट्रिय टी–२० मा शक्तिले आठ इनिङ्समा एक सय ६९ रन खर्चँदै आठ विकेट हात पारेका छन् । पहिलो श्रेणीको क्रिकेटमा दुई अर्धशतकको सहयोगमा एक सय ७१ रन जोडेका छन् । सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० विश्वकप खेल्दा पनि शक्ति मुख्य खेलाडीका रूपमा थिए । शक्ति हङकङविरुद्ध अन्तर्राष्ट्रिय टी–२० को डेब्यु खेलमा शून्य रनमा रनआउट भएका थिए । बलिङ क्रममा उत्कृष्ट प्रदर्शन गरी नौ रन खर्चेर हङकङका तीन ब्याट्सम्यानलाई आउट पारेका थिए । उनी यस खेलको म्यान अफ दी म्याचसमेत घोषित भएका थिए । उनले सन् २०१८ मा नेपाली क्रिकेटबाट सन्न्यास घोषणा गरेका थिए । 

शक्तिको खेल करिअर सन् २००१ मा बंगलादेशमा भएको एसिसी यू–१७ एसिया कपबाट सुरु भएको हो । सन् २००२ मा उनले सिंगापुरमा भएको एसिसी ट्रफीमा ओमानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरे । नेपालले आइसिसी डिभिजन ५ देखि ३ को यात्रा गर्दा शक्तिको योगदान महत्वपूर्ण छ ।