१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५६:oo

पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ सय ३९ जना निको भएका छन्। १० हजार २ सय ६७ जनामा कोरोना परीक्षण गर्दा ४ सय ३५ जना नयाँ संक्रमित थपिएका हुन्। 

बितेको २४ घण्टाका कोरोना संक्रमणबाट मृत हुनेको संख्या शून्य छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ जना रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, संस्थागत आइसोलेसनमा बस्ने संक्रमितको संख्या ३ हजार ७३ जना रहेको छ। अन्य संक्रमित होम आइसोलेसनमा बसेका छन्। 

स्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको कोरोना संक्रमितको नियमित तथ्यांक हेर्दा मंगलबारदेखि संक्रमित संख्या बढ्न थालेको छ। मंगलबार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बुधबार मंगलबारभन्दा बढी संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ। तथ्यांकअनुसार नै संक्रमणदर बढेकोले थप सचेत रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
 

ad
ad