मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २० मंगलबार १८:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महाधिवेशनपछि सक्रिय शेखर : बोलाए इतरसमूहबाट पराजित र विजयी नेताहरूको भेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार १८:१७:oo

नेपाली कांग्रेसको संस्थापन इतरसमूहले आगामी रणनीति तय गर्न आफूपक्षीय नेताहरूसँग छलफल थालेको छ। १४औँ महाधिवेशनपछि डा.शेखर कोइरालाले आफूपक्षीय नेताहरूसँग छलफल गरेका हुन्। छलफलमा सहभागी एक नेताका अनुसार गौशालास्थित एक पार्टी प्यालेसमा बसेको नेताहरूको छलफलले बुधबार इतरसमूहबाट महाधिवेशनमा उम्मेदवार बनेर विजयी भएका तथा पराजित नेताहरूसँग छलफल थालेको हो।

स्रोतका अनुसार छलफलमा नेता कोइराला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, बलबहादुर केसी महाधिवेशनमा उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाल, उपसभापति धनराज गुरुङलगायतको उपस्थिति रहेको थियो। ती नेताका अनुसार बुधबार २ बजे राजधानीमा इतरसमूहको भेला राखिएको छ। 

‘महाधिवेशनपछि दुई चरणको निर्वाचनको समीक्षा  गर्ने र आगामी रणनीति तय गर्नेबारे छलफल भएको हो। भोलि बैठक बसेर थप रणनीति तय गछौँ,’ स्रोतले भन्यो, ‘हामी पहिलदेखि नै पार्टीलाई विधि र प्रक्रियामा सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा थियौँ र अहिले पनि त्यही अडानमा छौँ। बाध्यात्मक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेर अगाडि बढ्छौँ।’