![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/nirbachan-aayog2020-12-24-06-52-37.jpeg)
आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता हुँदै छ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनको उम्मेदवारी दर्ता हुँदै छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार १–१० पुस : राजनीतिक दल दर्ता, १७ पुस : मतदाता नामावली प्रकाशन, १९ पुस : अन्तिम नामावली प्रकाशन, २० पुस : मनोनयन दर्ता, २१ पुस : उम्मेदवारको विरोधमा उजुरी, २२–२३ पुस : उजुरीमाथि छानबिन, २४ पुस : उम्मेदवारको नाम फिर्ता, २५ पुस : अन्तिम नामावली र चुनाव चिह्न प्रदान गर्नेछ ।