१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २० मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २० मंगलबार o७:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

क्रस होल्डिङमा रहेका लघुवित्तहरूले मर्जरमा राष्ट्र बैंक लचिलो

असारसम्म मर्जरमा होइन, योजना पेस गरे पुग्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २० मंगलबार o७:o९:oo

मौद्रिक नीतिले क्रस होल्डिङ (दोहोरो लगानी) रहेका लघुवित्त कम्पनीहरू चालू आर्थिक वर्षभित्रै मर्जरमा गइसक्नुपर्ने गरेकोमा त्यसलाई संशोधन गर्दै असारभित्र पेस गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ । चालू आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको दोहोरो लगानी रहेका लघुवित्त संस्थाहरूलाई असार मसान्तसम्म मर्जर वा प्राप्तिमा गइसक्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले नै प्रोत्साहन दिएका कारण धेरै तत्कालीन समयमा बैंक तथा वित्तीय संस्थाबाट दोहोरो लगानी हुने गरी लघुवित्त खोलिएको भन्दै केही समय थप गर्न संस्थापक लगानीकर्ताले माग गरेका थिए । यही कारण राष्ट्र बैंक केही लचिलो भएको देखिन्छ । 

परिपत्रअनुसार कुनै एउटा बैंक, विकास बैंक वा वित्त कम्पनीको १० प्रतिशतभन्दा बढी सेयर रहेका लघुवित्त कम्पनीहरू तथा एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी संस्थापक सेयर स्वामित्व रहेका कम्पनीहरू मर्जर वा प्राप्तिमा जानुपर्नेछ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘यो निर्देशनका आधारमा २४–२५ लघुवित्त कम्पनीहरू मर्जर वा प्राप्तिमा जानुपर्ने हुन्छ ।’

नबिल, ग्लोबल आइएमई, कुमारी, बैंक अफ काठमाण्डू, मेगा र प्राइम कमर्सियल, गरिमा विकास बैंक, साइन रेसुंगा विकास बैंक र लुम्बिनी विकास बैंकको एकभन्दा बढी लघुवित्तमा संस्थापक वा सम्बद्ध कम्पनीका रूपमा सेयर लगानी रहेको देखिएकोछ । यी बैंकहरूको ०७६÷७७ को वार्षिक वित्तीय विवरणअनुसार एकभन्दा बढी लगानी रहेको खुलेको हो । 

 कसको कति ?
०७६/७७ को वार्षिक वित्तीय विवरणका आधारमा सबैभन्दा धेरै नबिल र ग्लोबल आइएमई बैंकको एकभन्दा बढी लघुवित्त कम्पनीमा सेयर स्वामित्व रहेको देखिएको हो । नाडेप लघुवित्तको २५ प्रतिशत सेयर स्वामित्व नबिल बैंकसँग छ । त्यसबाहेक नबिलसँग निर्धन उत्थान लघुवित्तको ९ दशमलव ३९ प्रतिशत, छिमेक लघुवित्तको ११ दशमलव ९८ र डिप्रोक्सको ९ दशमलव ४२ प्रतिशत संस्थापक सेयर स्वामित्व छ । 

ग्लोबल आइएमई बैंकको पनि ग्लोबल आइएमई लघुवित्तमा ७० प्रतिशत, फस्ट माइक्रोमा ११ प्रतिशत, मेरो माइक्रोमा १४ प्रतिशत, स्पर्श लघुवित्तमा १६ प्रतिशत 
लगानी छ । कुमारी बैंकको नेसनल माइक्रोमा २० प्रतिशत, फस्ट माइक्रोमा दुई लाख चार हजार कित्ता, मेरो माइक्रोमा ७ प्रतिशत सेयर लगानी छ । बैंक अफ काठमाण्डूको छिमेक लघुवित्तमा ९ दशमलव १४ प्रतिशत, आरएमडिसी माइक्रोमा १ लाख ४८ हजार कित्ता, ग्रामीण विकासमा एक हजार र आरएसडिसीमा १२ प्रतिशत सेयर लगानी छ । 

मेगा बैंकको स्पर्श र अभियान लघुवित्तमा १६ दशमलव ३९ प्रतिशतका दरमा सेयर स्वामित्व छ । प्राइम कमर्सियल बैंकको भने महिला सहयात्रामा करिब १३ प्रतिशत, मेरो माइक्रोमा ७ प्रतिशत र स्वाभिमान लघुवित्तमा १४ दशमलव ५५ प्रतिशत सेयर लगानी छ ।  साइन रेसुंगाको स्वामित्वमा चौतारी लघुवित्तको ५३ हजार पाँच सय कित्ता र खप्तड लघुवित्तको १५ हजार कित्ता सेयर छ । गरिमा विकास बैंकले पनि सजिलो लघुवित्तका एक लाख ३३ हजार कित्ता र आदर्श लघुवित्तको २४ हजार कित्ता सेयर स्वामित्व लिएको छ । लुम्बिनी विकास बैंकले नाडेप लघुवित्तको तीन लाख ६८ हजार कित्ता र डिप्रोक्स लघुवित्तको नौ लाख ४७ हजार कित्ता सेयर स्वामित्व लिएको छ । राष्ट्र बैंकले लघुवित्तहरूको लाइसेन्स अन्धाधुन्ध बाँडेसँगै यस्ता कम्पनीको संख्या ९० माथि पुगेको थियो । मर्जरमा प्रोत्साहनपछि पनि लघुवित्त संस्थाको संख्या ६९ हाराहारी छ । 

ad
ad
ad
ad