१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राजमार्ग खुलाउने क्रममा धनुषामा गोली चल्यो, ५ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४४:oo

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले रबरको गोली चलाउँदा सिके राउत नेतृत्वको जनमत पार्टीका ५ कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेहरूमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साह रहेका छन्। उनीहरूको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। २ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको बुझिएको छ।

राजमार्ग अवरुद्ध गरेकाले गोली चलाउनुपरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए। ‘राजमार्ग अवरुद्ध गर्न पाइँदैन। उनीहरू राजमार्ग अवरुद्ध गरेर उद्दण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गोली चलाउन बाध्य भयो,’ उनले भने। उनका अनुसार ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रु ग्यास प्रहार गरिएको थियो।
 

ad
ad