मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १६ शुक्रबार १o:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्ड अध्यक्षका लागि  नयाँ आवेदन खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १o:o५:oo

यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि परेको पुरानो आवेदनलाई खारेज गरी नयाँ आवेदन खुला गरिएको छ । मन्त्रिपरिषद्ले छनोट समिति गठन गरेपछि समितिकै सिफारिसमा अर्थ मन्त्रालयले नयाँ आवेदन खुला गरेको हो । 

बिहीबार १५ पुसबाट आवेदन खुला गरेको र २९ पुस बेलुका पाँच बजेसम्म आवेदन दिन सकिने अर्थ मन्त्रालयले जनाएको छ । यसअघि ११ कात्तिकमा आवेदन खुला गरिएकोमा १२ जनाले आवेदन गरेका थिए । उक्त आवेदन खारेज गरिएको र इच्छुकले पुनः आवेदन गर्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को निर्णयबाट समिति बनेकाले अब यसअघि बनेको आवेदकले पनि पुनः आवेदन दिनुपर्नेछ ।

यसअघि बोर्डको अध्यक्ष बन्नका लागि १२ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा अनिल पौडेल, नेपाल नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले आवेदन दिएका थिए ।

यस्तै, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वमहाप्रबन्धक सीताराम थपलिया, बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, सेयर बजारका जानकार डा. केशवप्रसाद श्रेष्ठ, जीवन अमगाईं, रमेश हमाल, हेमन्त बस्याल र अम्बिका शर्मा लामिछानेले आवेदन दिएका थिए ।

यी सबैको आवेदन रद्द भएको छ । उनीहरूले पुनः आवेदन दिनुपर्नेछ । नयाँ समिति बनेपछि पनि अहिलेकै आवेदनमा परेको नामलाई छान्ने कि नयाँ खुला गर्नेबीच अर्थ मन्त्रालय र योजना आयोगबीच मतभेद रहेको थियो । अन्ततः अर्थ मन्त्रालयले नयाँ आवेदन खुला गरेको छ । 

धितोपत्र बोर्डका यसअघिका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सिइओ चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका थिए । उक्त प्रकरणमा परेपछि साउदले राजीनामा दिएका थिए भने ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।