नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच पार्टी एकता भएको छ। एकीकृत समाजवादी र देवेन्द्रसिंह महताे नेतृत्वको नेकपा (जनवादी)बीच मंगलबार एक समारोहबीच पार्टी एकीकरण भएको हो।
महताेले ०६२ सालमा नेकपा (जनवादी) पार्टी गठन गरेका थिए। पार्टी एकता समारोहलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनवादीका अध्यक्ष महताेले सम्बोधन गरेका छन्।