१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग राख्दै बृहत् नागरिक आन्दोलनद्वारा विभागलाई ध्यानाकर्षणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:१o:oo

बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति छानबिनको माग राख्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ध्यानाकर्षण गराएको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट  डा. गोविन्द केसीको नेतृत्वमा आइतबार नागरिक अगुवाले विभागलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्। डा. केसीले विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका हुन्।

ध्यानाकर्षणपत्रमा प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनका लागि पाँचबुँदे आधार र कारणसमेत उल्लेख गरिएको छ। पत्रमा छानबिन गरी जबरा, उनका परिवारका सदस्य तथा बिचौलिया र अवैध सम्पत्ति आर्जनमा संलग्न कर्मचारी र पूर्वकर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ। ध्यानाकर्षणपत्रमा नेपाल बार एसोसिएसनले उठाउँदै आएका विषय तथा प्रकाशित समाचारलगायतलाई कारबाहीको आधार मान्न आग्रह गरिएको छ।

‘सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित कसुर गरेको सम्बन्धमा हालसम्म प्रकाशित समाचार तथा अन्य सूचना सामग्रीहरूलाई आधार बनाई तथा सोसम्बन्धी उजुरीसमेत ग्रहण गरी कसुरबाट प्राप्त सम्पत्ति जफत गर्ने तथा कसुरमा संलग्न व्यक्तिलाई दण्डित गर्ने सम्बन्धमा प्रभावकारी अनुसन्धान तथा अन्य आवश्यक कारबाही तत्काल गरिपाऊँ’ ध्यानाकर्षणपत्रमा भनिएको छ।

ध्यानाकर्षणपत्र बुझ्दै महानिर्देशक भट्टराईले पत्रलाई नियमअनुसार अगााडि बढाउने बताए। ‘विभागले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान नै गर्ने हो। पत्रको विषयमा पनि हामी नियमअनुसार अघि बढ्छौँ,’ महानिर्देशक भट्टराईले पत्र बुझ्दै भने।

 

ad
ad