मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १० शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष १० शनिबार १o:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामान्य विषयमा विवाद हुँदा खुकुरी प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १० शनिबार १o:४३:oo

सामान्य विषयमा विवाद हुँदा काठमाडौंको तारकेश्वर स्थित शेषमती  नजिकै खुकुरी प्रहार गरिएको छ । रामेछापको रामेछाप मन्थली लिखुँ गाउँपालिका घर भइ हाल जरङ्खु बस्दै आएका २९ वर्षीय शनि तामाङले दोलखा चरीकोटका सुवास तामाङलाई खुकुरी प्रहार गरेका हुन् । 

खुकुरी प्रहारबाट सुवासको टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको छ । उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । शनिले सुवासलाई खुकुरी लिएर लखेट्दै गएका थिए । सोही समयमा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीका प्रहरी नायव निरिक्षक पदम अवस्थीलाई समेत खुकुरी प्रहार गरेका थिए । प्रहरी नायव निरिक्षक अवस्थीलाई भने उपचारको लागि प्रहरी अस्पताल लगिएको छ । खुकुरी प्रहार गर्ने शनिलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ ।