१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

झलनाथ खनालको दाबी– एमाले विखण्डनतर्फ जाँदै छ, पहिरो थामिने वाला छैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:१६:oo

नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा हरेक दिन पहिरो गइरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण समारोहमा खनालले एमालेमा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताए। 

एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरे पनि सो पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ। खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको दाबी गरे। 

उनले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने कार्यभार एकीकृत समाजवादीको रहेको पनि जिकिर गरे। खनालले भने, ‘एमालेमा अब थामिनेवाला छैन। एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेको पार्टी हो, अब त्यो पार्टीलाई जतिसुकै मलजल गरे पनि त्यो अगाडि बढ्न सक्दैन। त्यो लगातार तल खस्दै छ। त्यो विखण्डनतर्फ जाँदै छ । त्यसमा हरेक दिन पहिरो जाँदै छ। र, अब, नेकपा (एकीकृत समाजवादी)को काँधमा नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने, क्रान्तिकारी दिशामा अगाडि बढाउने, समाजवादको दिशामा अगाडि बढाउने, वैज्ञानिक समाजवादको लक्ष्यतर्फ अगाडि बढाउने ऐतिहासिक जिम्मा समयले दिएको छ।’

उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा आफूले एमालेको नवौँ महाधिवेशनमा अगाडि सारेको दाबी पनि गरे । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा खनालले जोड दिए।

ad
ad