१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयनमा न्यायालयको नेतृत्व नै बाधक : अध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:१९:oo

नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा उनले सो प्रतिवेदन कार्यान्वयनमा न्यायालयको नेतृत्व नै बाधक बनेको बताए।

'न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन आवश्यक छ। प्रतिवेदन कार्यान्वयनमा न्यायालयको नेतृत्व नै बाधक बनेको छ,' उनले भने, 'न्यायापालिकाले सरकारका अन्य अंगमा भ्रष्टाचार भयो भने त्यसलाई सुधार गर्नुपर्नेमा अहिले न्यायालयमा भ्रष्टाचार भयो भनेर भन्नुपरेको अवस्था छ।'

न्यायालयमा विद्यमान पछिल्लो समस्यालाई लम्बिन दिन नहुने भन्दै श्रेष्ठले न्यायालयको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री देउवासमक्ष आग्रह गरे। उनले भने, 'प्रधानमन्त्रीसमक्ष न्यायालयको समस्या तत्काल समाधानको पहल गर्न विनम्र अनुरोध गर्दछु। न्यायालयको अहिलेको समस्या  लम्बिन दिनुहुँदैन। जति लम्बियो त्यति समस्या आउँछ। न्यायालयमा कालो दाग राखिरहनु हुँदैन। सरकार प्रमुखसमक्ष पनि इन्साफका लागि वकालत गर्न आइपुगेका छौँ।'

ad
ad