१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३ शनिबार
  • Tuesday, 02 July, 2024
२o७८ पौष ३ शनिबार १२:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट मात्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष ३ शनिबार १२:१६:oo

कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भए पनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आव २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’ अध्ययनअनुसार हाल १०.७० मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययनअनुसार यस प्रदेशको कुल जलविद्युत् उत्पादन क्षमता करिब १८ हजार मेगावाट रहे तापनि नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार कर्णाली प्रदेशमा हालसम्म जम्मा १०.७० मेगावाट विद्युत उत्पादन भएको छ। जसमध्ये सबैभन्दा धेरै ८.५५ मेगावाट विद्युत उत्पादन दैलेख जिल्लाबाट भएको छ भने सबैभन्दा कम डोल्पा र जुम्ला जिल्लाबाट समान ०.२० मेगावाट विद्युत उत्पादन भएको छ।

दैलेख जिल्लामा रहेका पदम खोला र द्वारी खोला साना जलविद्युत आयोजनाबाट क्रमशः ४.८ मेगावाट र ३.७५ मेगावाट विद्युत उत्पादन भइरहेको छ। त्यसैगरी, हुम्लाबाट ०.५० मेगावाट, मुगु र कालिकोटबाट समान ०.४० मेगावाट र रुकुम पश्चिमबाट ०.३५ मेगावाट विद्युत उत्पादन भएको देखिन्छ। हुम्लाको सिमिकोट र मुगुको गमगढीबाट समान ५० किलोवाट बराबरको सौर्य ऊर्जा उत्पादन भइरहेको छ। सुर्खेतमा रहेको ३४५ किलोवाट क्षमताको झुप्रा विद्युतगृह भने हाल सञ्चालनमा नै छैन।

कर्णाली प्रदेश क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो भएकाले यहाँका हरेक घर तथा बस्तीमा बिजुलीको सुविधा
पु–याउनु आफैँमा चुनौतीपूर्ण छ। प्राधिकरणको अर्धवार्षिक समीक्षा २०७७–७८ मा तीन हजार ९९० किमि रहेको विद्युत प्रसारण लाइन २०७७÷७८ को असार मसान्तसम्म पाँच हजार ६३६.४४ किमि पुगेको छ। सबैभन्दा धेरै विद्युत प्रसारण लाइन एक हजार ५४३ किमि रुकुम पश्चिममा रहेको छ भने सबैभन्दा कम ५५.२८ किमि जुम्लामा रहेको छ। त्यसैगरी, सुर्खेतमा एक हजार १५९ किमि, सल्यानमा एक हजार ९५.५२ कि.मी, दैलेखमा ६४२ किमि, कालिकोटमा ५१४.०३ किमि, जाजरकोटमा २८९ किमि, डोल्पामा १२५.२१ किमि, हुम्लामा ११४ किमि र मुगुमा ९९.४ किमि विद्युत प्रसारण लाइन रहेको छ।

कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला जलविद्युत आयोजना सञ्चालनमा छैनन्। दैलेखमा हाल २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला र चार मेगावाट क्षमताको माथिल्लो लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा रहेका राष्ट्र बैंकले प्रकाशन गरेका तथ्यांकमा उल्लेख छ। त्यस्तै, कालिकोटमा १२ मेगावाट क्षमताको रुरुबन्चु खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ। यीबाहेक कर्णाली प्रदेशमा ८२.३ मेगावाट क्षमताको जगदुल्ला 'ए', १९०२ मेगावाट क्षमताको मुगु–कर्णाली, १३५ मेगावाट क्षमताको चेरा–१, ४८० मेगावाट क्षमताको फुकोट-कर्णालीलगायतका अन्य जलविद्युत परियोजना अध्ययनको क्रममा रहेका छन्।

ad
ad
ad
ad