१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख २० बिहीबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सप्तरीमा अज्ञात रोगको प्रकोप तीन सातामै एक सय पशुचौपाया मरे

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
नयाँ पत्रिका राजविराज
२o८१ बैशाख २० बिहीबार o६:२७:oo

अज्ञात रोगका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ ललापट्टी टोलमा धमाधम पशुचौपाया मर्न थालेका छन् । अहिलेसम्म सयभन्दा बढी पशुचौपाया मरिसकेका छन् । मंसिर पहिलो साताबाट सो रोगको प्रकोप देखा परेको हो । 

ललापट्टीका ३२ जना किसानका गाई, गोरु, भैँसी, बाख्रालगायत पशुचौपायाको मृत्यु भएको स्थनीय बताउँछन् । ‘सुरु–सुरुमा चौपायामा खुट्टा र मुखमा घाउ आउने समस्या देखियो, सामान्य होला भनेर हामीले घरेलु उपचार सुरु ग¥यौँ,’ स्थानीय रवीन्द्रनाथ यादवले भने, ‘घरेलु औषधिले केही निको भए, तर अन्य चौपायामा फरक–फरक लक्षण देखिन थाल्यो, पछि गाउँभरि फैलियो ।’

पेट फुल्ने र झोक्रिएर बस्नेजस्ता लक्षण देखिएर चौपाया मर्न थालेको उनले बताए । ‘अहिले धान भित्र्याउने वेला भएकाले दोहोरो मार खेप्नुपरेको छ,’ यादवले भने, ‘धान भिœयाउने कि चौपायाको उपचार गराउने भन्ने समस्या देखिएको छ ।’ गाउँभरिका अधिकांश चौपायामा संक्रमण फैलिए पनि गाउँपालिकाबाट कुनै पहल नभएको उनले गुनासो गरे ।

अर्का स्थानीय रामसागर यादवले गाई, भैँसी, बाख्रासहितका एक सयभन्दा बढी चौपाया मरेको र सोही संख्यामा चौपाया बिरामी भए पनि सरोकारवाला निकायले गम्भीरता नदेखाएकोप्रति आक्रोश व्यक्त गरे । ‘हाम्रा लागि सरकार नै छैन जस्तो भयो,’ उनले भने, ‘हाम्रो जीविकोपार्जन गर्ने आधार नै पशुपालन हो, तर पशुलाई नै जोगाउन सकिएको छैन, गाउँपालिकामा जानकारी गराउँदासमेत कुनै सुनुवाइ हुन सकेको छैन ।’ 

छिन्नमस्ता गाउँपालिकाका पशु शाखाका प्रमुख चन्द्रनारायण पण्डितले लक्षणका आधारमा केही समान्य औषधि चलाइएको बताए । उनले भने, ‘अहिले पशु शाखामा औषधि सकिएको अवस्था छ, सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ । त्यहाँबाट टोली पठाउने आश्वासन पाएका छौँ ।’ गाउँपालिकाले अझै औषधि उपलब्ध नगराउँदा रोग नियन्त्रण गर्न समस्या भइरहेको पण्डितले बताए ।

ad
ad