Skip This
पलायन हुने जोखिम बढेको भन्दै दूधको मूल्य बढाउन कृषकहरूको माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १२:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पलायन हुने जोखिम बढेको भन्दै दूधको मूल्य बढाउन कृषकहरूको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:o८:oo

सरकारले दूधको मूल्य बढाउने तयारी थालेको छ। दूधको मूल्य निर्धारण गर्न कृषि मन्त्रालयमार्फत कार्यदल बनाएर सातवटै प्रदेशमा अध्ययन भइरहेको छ। दूधको मूल्य बढाउने विषयमा दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले चितवनका दुग्ध किसानहरुसँग बिहीबार मूल्य परिमार्जनको विषयमा  छलफल गरेका छन्।

चोकर, दाना र परालको मूल्य बढ्दै गए पनि दुई वर्षदेखि  दूधको मूल्य नबढेको भन्दै छलफलमा उपस्थित कृषकहरूले प्रतिलिटर १० देखि १५ रुपैयाँसम्म दूधको मूल्य बढाउनुपर्ने माग गरेका थिए। उज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमेटेड भरतपुर–१३ का अध्यक्ष होमनाथ सुवेदीले दूधको मूल्य तत्काल १० देखि १५ रुपैयाँसम्म नबढाए किसानहरू कृषि पेसाबाट नै विस्थापित हुनुपर्ने अवस्था आउने भन्दै चिन्ता व्यक्त गरे। व्यावसायिक रूपमा पशुपालन गर्दा नाफाभन्दा पनि घाटा बढी हुने गरेको भन्दै दूधको मूल्य निर्विकल्प रूपमा बढाउनुपर्ने उनको भनाइ थियो । दूधको लागत प्रतिलिटर ६० देखि ६५ रुपैयाँ पुगिसक्दा पनि मूल्य भने ४५ देखि ४८ रुपैयाँ मात्रै पाउने गरेको उपस्थित कृषकहरूले गुनासो गरेका थिए।

कृषक गोपाल श्रेष्ठ दूधको मूल्य कम्तीमा पनि प्रति लिटर १५ रुपैयाँले बढाउनुपर्ने बताउँछन्। उनले भने, ‘दूधको मूल्य बढाउन ढिलो गर्नुहुँदैन। नेपालमा पशुपालन घाटाको व्यवसाय बनेको छ। कोरोनाका कारण किसान थप मारमा परे। पौषदेखि नै नयाँ मूल्य सार्वजनिक होस् अन्यथा अहिलेकै अवस्थामा ६ महिनाभित्र कृषकहरू पलायन हुने जोखिम छ।’

श्रेष्ठ अध्यक्ष रहेको गैँडाकोटको मुकुन्दसेन दुग्ध उत्पादक सहकारीमा कोभिडअगाडि १८ हजार लिटर दूध संकलन हुँदै आएकोमा अहिले घटेर दैनिक १०–१२ हजार लिटरमा पनि संकलन हुन मुस्किल छ। श्रेष्ठले थपे, ‘नाफा नहुने देखेपछि व्यावसायिक रूपमा पशुपालनमा लाग्नेहरू पनि पलायन हुँदै छन्। यसतर्फ सरकारको ध्यान छिट्टै जानुपर्छ।’

गाईभैँसीलाई खुवाउने दानालगायतको मूल्य बढेको भन्दै दुग्ध उत्पादक सहकारी संघ चितवनले समेत मूल्य बढाउन माग गर्दै आएको छ। संघका जिल्ला सचिव किशोर बगालेले दूधको मूल्य बढाउनुका साथै चोकर, दाना र परालको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिए। 

बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले कार्यदलले अध्ययनसँगै कृषकहरूसँग अन्तर्क्रिया गरेर मन्त्रालयलाई सिफारिस गर्ने र त्यही आधारमा मन्त्रालयले दूधको मूल्य परिमार्जन गर्ने बताए। ‘कृषकको अपेक्षा दूग्ध पदार्थको मूल्य बढ्नुपर्छ भन्ने छ। दूधको मूल्य बढाउनुपर्छ भन्नेमा दुग्ध उत्पादक सहकारी संघ, डेरी उद्योग संघ, डेरी एसोसिएसन, दुग्ध विकास संस्थानलगायत सबै सकारात्मक हुनुहुन्छ। हामी यही पक्षमा छौँ,’ उनले भने। सबै प्रदेशमा पनि अन्तर्क्रिया भइरहेकाले ढिलोमा पौष १६ गतेबाट दूधको मूल्य बढ्ने गरी काम गरेको उनले बताए।
 
‘वैज्ञानिक आधारमा मूल्य बढाउनुपर्छ भन्ने बोर्डको बुझाइ छ,’ पन्तले भने, ‘हामी पौष १६ अघि नै मन्त्रालयमा सिफारिस पठाउँछौँ। मन्त्रीज्यूबाट स्वीकृत भएपछि नयाँ मूल्य कार्यान्वयमा जान्छ।’ बोर्डका अनुसार दूधको मूल्यवृद्धि हुँदा बढेको रकमको ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जान्छ। तर, यसअघि बढेको मूल्य किसानले भन्दा बिचौलियाले नै लिइरहेका छन्।

ad
ad