मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २३ बिहीबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २३ बिहीबार १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेप्रति थापाको कटाक्ष– उसले हामीलाई बेच्यो बेच्यो भन्छ, हामी होला होला भन्छौँ !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २३ बिहीबार १७:५६:oo

नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्री पदका उम्मेदवार गगन थापाले नेपालमा ठूलाठूला उद्योग कारखानाहरू कांग्रेसकै पालामा निर्माण भएको बताएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा आफ्नो अवधारणापत्र सार्वजनिक कार्यक्रममा उनले कम्युनिस्ट सरकारले जुत्ता कारखानासमेत नखोलेको टिप्पणी गरे।

उनले ०४८ देखि ०५२ सालको बीचमा कांग्रेसले देशमा धेरैजसो उद्योग कारखाना सञ्चालनमा ल्याएको बताए। सरकारमा हुँदा चुरोट र कागज कारखानासम्म पनि नखोलेकाहरूले नै कांग्रेसमाथि उद्योग बेचेको आरोप लगाएकाे बताए। नेता थापाले व्यंग्य गर्दै भने, ‘उसले हामीलाई गीतमा कवितामा व्यंग्य गर्छ, बेच्यो–बेच्यो भन्छ। हामी पत्याउँछौँ, होला होला भन्छौँ !’