१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिटौला नोमिनेसनअगाडि नबोल्ने, भन्छन्– मसँग जोडिएकाहरूलाई स्थापित गर्छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:५९:oo

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नोमिनेसन भएपछि मात्र सभापति र अन्य पदाधिकारीबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्। काठमाडौंको गौशालामा आफूपक्षीय नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले नोमिनेसनअगाडि कुनै प्रतिक्रिया नदिने बताएका हुन्।

चुनाव रणनीतिक विषय भएको भन्दै उनले आफूलाई अभाव र संकटमा सहयोग गर्नेको साथ नछाड्ने बताए। उनले महाधिवेशनमा कसैलाई सघाउने या नसघाउने वा आफैँ उम्मेदवार बन्ने भन्नेबारे स्पष्ट रूपमा खुलाएनन्।

'अभावमा, जोखिममा र संकटमा जो मेरो साथमा अहिलेसम्म छ, भोलिसम्म रहन्छ भन्ने मेरो बिश्वास हो त्यसलाई म छाड्दिनँ,' उनले भने, 'म आज बोलेंँ। भोलि पनि बोल्छु, उद्घाटन सत्रमा। रणनीतिक दृष्टिकोणले बोल्ने हो चुनाव भनेको।  रणनीतिक दृष्टिकोणबाट मैले बोल्ने कुरा पर्सिको दिनमा मात्रै आउँछ। २५ गते नोमिनेसन छ। नोमिनेसनपछाडि मात्रै म बोल्नेछु। पार्टीमा मसँग जोडिएका साथीहरूलाई स्थापित गर्ने मेरो लक्ष्य रहनेछ।'

आफूले युवाहरूलाई नेतृत्व दिन चाहेको उल्लेख गर्दै नेता सिटौलाले त्यसको जिम्मेवारी प्रदीप पौडेललाई दिएको बताए। उनले भने, 'मेरोतर्फबाट युवाको नेतृत्व गर्ने जिम्मेवारी प्रदीप पौडेललाई दिएको छु। उहाँले कति गर्न सक्नुहुन्छ मलाई थाहा छैन। म युवाहरूलाई हिँडाउन चाहन्छु ,कुदाउन चाहन्छु जनताका लागि।'

ad
ad