१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २२ बुधबार
  • Saturday, 22 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २२ बुधबार १९:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पौडेल समूहमा जुटेन सहमति, बिहीबार पुन: छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २२ बुधबार १९:oo:oo

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार बुधबार पनि तय गर्न सकेन।  बुधबार प्रकाशमान सिंह निवास चाक्सिबारीमा बसेको पौडेल समूहको बैठकमा आकांक्षी नेताहरूले आफ्नो अडान नछोडेपछि साझा उम्मेदवार तय हुन नसकेको नेता रामशरण महतले बताए। 

‘सबै नेताहरूले म पनि लड्ने हो, म पनि लड्ने हो भन्नुभयो,’ उनले भने, ‘उम्मेदवारको विषयमा सहमति हुन सकेन।‘ बैठकमा प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भएमा आफूले सोच्न सक्ने रामचन्द्र पौडेलले बताएका थिए।
पौडेलले सहमति नहुने हो भने आफूले पार्टीबाट बिदा लिएर आराम गर्छु भनेर बैठकमा भनेको महतले बताए। सहमति जुटाउन बिहीबार बिहान ८ बजे पुन: बैठक बस्ने चन्द्र भण्डारीले जानकारी दिए। बिहीबार पनि कुरा नमिले छुट्टै उम्मेदवारी दिने तयारीमा लाग्ने उनले बताए। 
 

ad
ad
ad
ad