१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
डेविड भोन ड्रेहल
२o८१ बैशाख १८ मंगलबार o९:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

गर्भपतनविरोधी पुरातनपन्थीहरूको तर्कका त्रुटि 

Read Time : > 2 मिनेट
डेविड भोन ड्रेहल
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:१५:oo

गर्भपतनको तथाकथित जीवनमुखी तर्कले गर्भवती महिला र उनीहरूका परिवार नैतिक विकल्पहरूको द्वन्द्वमा पर्नेछन्


अमेरिकामा बालबालिकाको मृत्युको प्रमुख कारण गाडी दुर्घटना हो । नेदरल्यान्ड्सको एसडब्लुओभी इन्स्टिच्युट फर रोड सेफ्टी रिसर्चले गरेको अध्ययनले कारसम्बन्धी सबै मृत्यु ४० किलोमिटर प्रतिघन्टाभन्दा माथिको गतिमा गाडी हाँक्दा हुने देखाएको छ । अर्को शब्दमा भन्नुपर्दा बालबालिकामा हुने मृत्युको प्रमुख कारणलाई नियन्त्रण गर्न हरेक गाडीको गति ४० किलोमिटर प्रतिघन्टामा सीमित गर्ने यन्त्र हुनुपर्छ । निःसन्देह यस्तो कहिल्यै हुनेछैन । यस्तो अवधारणा वार्तालापमा पनि आउँदैन, कानुन त परैको विषय भयो । मैले माथिको अवधारणा मानव समाजको एउटा असहज तथ्यलाई चित्रण गर्नका लागि मात्र उल्लेख गरेको हुँ । जीवन र मृत्युका मामिलामा पनि चाहे जीवन अबोध बालबालिकाकै किन नहोस्, समाजले जीवनको सुरक्षालाई अन्य प्रतिस्पर्धी हितहरूसँग जोख्छ । 

वास्तवमा वातावरण संरक्षण एजेन्सीसहित सरकारी नियामक निकायले मृत्यु रोक्ने पहिचानयोग्य लागतको तुलनामा रोकथामयोग्य मृत्युको औपचारिक गणनामा बढी जोड दिनुपर्छ । लागत धेरै हुन्छ भने सम्भवतः जीवन सुरक्षित हुनेछैन । यस्ता छनोट सरकारले जहिल्यै गर्छ । यथार्थमा यस्ता छनोट सरकारका लागि नियमित काम हुन् । हामी निरन्तर कठिन विकल्पहरूबाट घेरिएका हुन्छौँ अर्थात् रोकथाम गर्न सकिने वा पहिचान गरिएका जोखिमहरू पनि हामीले हटाउन चाहेका छैनौँ । भियतनाम युद्धका लागि तयार गरिएका मानिसलाई सोध्नुहोस्, के सरकारले उनीहरूलाई सधैँ हिंसाबाट जोगाउँछ ? 

यद्यपि पुरातनवादी लेखक रोस डौथटले हालै न्युयोर्क टाइम्समा ‘हाम्रो कानुनी प्रणालीको मूल मर्मले मानव जातिलाई घातक हिंसाबाट जोगाउनुपर्छ भन्ने प्रत्याभूति पाउनुहुनेछ । यसलाई संविधान, स्वतन्त्रताको घोषणा र मानवअधिकारको विश्वव्यापी घोषणाले प्रत्याभूत गरेको छ’ भनेर जोड दिई लेखेका छन् । यसलाई सटिक ढंगले प्रस्ट्याउने हो भने अन्य मूल्य–मान्यताको तुलनामा हिंसाबाट मानवलाई सुरक्षित गर्ने हाम्रो कानुन प्रणाली बलियो छ अर्थात् यो तुलनाले अप्ठ्यारो र पीडादायी नैतिक छनोटहरू सिर्जना गर्न सक्छ ।

‘अमेरिकाको गर्भपतन बहसमा गर्भपतन आफैँ बहसको सानो हिस्सा बन्न पुगेको अनौठो अवस्था छ’ भन्ने डौथटको दाबीले भ्रमलाई प्रोत्साहन गरेको छ । डौथटको दाबी मान्ने हो भने विगत ५० वर्षमा गर्भपतन मामिलामा केही पनि भएको छैन । वास्तवमा गर्भपतनको मामिलामा मिहिन एवं प्रभावकारी ढंगले लामो समयदेखि बहस गरिएका छन् । यस बहसको निचोडलाई यी दुई निष्कर्षमा प्रस्तुत गर्न सकिन्छ अर्थात् एक मतले ‘गर्भपतनले चलायमान मुटुको धड्कनलाई रोक्छ– भ्रूणको हत्या’ भने अर्को मतले ‘मेरो शरीर मेरो छनोट’को प्रतिनिधित्व गर्छ । 

अहिले गर्भपतनविरोधी आन्दोलनलाई फाइदा पुगेको देखिन्छ अर्थात् प्रहरी र विधायिका शक्तिहरूको प्रयोगले महिलालाई बच्चा जन्माउन बाध्य पारेको छ । यो नयाँ भाष्य निर्माणको शैली एक छद्म बौद्धिक दृष्टिकोण हो, जसको अमेरिकीहरू बुधबार साक्षी बसे अर्थात् सर्वोच्च अदालतले गर्भपतनको मुद्दालाई फेरि ब्युँतायो र गर्भपतनविरोधी मतलाई सदर ग¥यो । डौथटको न्युयोर्क टाइम्सको लेखमा केही पनि नौलोपन छैन, अर्थात् सर्वोच्च बेन्चबाट डौथटले लेखेका जस्ता धेरै भाष्यहरू सतहमा आएका थिए ।

हालै न्यायाधीश स्याम्युअल ए. अलिटो जुनियरले गम्भीरतापूर्वक विकासशील भ्रूणको भविष्यमा सम्भावित पहिचानयोग्य कानुनी चासो वा स्वार्थ हुन्छ भनेर तर्क गरेका छन् । वास्तवमा यो स्वार्थ÷चासोसम्बन्धी बहस सन् १९७३ मा अलिटो २२ वर्षका हुँदाकै वेलाकै चर्चित रो भर्सेस वेड मुद्दामा बृहत् रूपमा छलफल भएको थियो ।

अमेरिकी सर्वोच्च अदालतका एक न्यायाधीश एमी कोनी ब्यारेटले गर्भपतनका जटिलता पत्ता लगाउने अभिनय पनि गरिनन् । गर्भपतनका जटिलता हटेको भन्दै उनले महिलाहरू ५० वर्षअघिको तुलनामा कार्यक्षेत्रमा थप एकीकृत भएका छन् र बच्चा जन्माउन समय निकाल्नका लागि चिन्ता लिनुपर्दैन भन्ने सुझाव दिएकी छिन् । के त्यसो भए १३ वर्षीया किशोरी वा भर्खरै पढाइ सकेकी युवतीजस्ता आजीवन रोजगारी नभएका गर्भवती महिलाले कष्टसाध्य प्रसवबाट बच्चा जन्माएर पुलिस स्टेसनमा छोडिदिनुपर्ने हो ?

दीर्घकालीन रूपमा हेर्ने हो भने देशका धेरै राज्यमा कानुनी गर्भपतनको अन्त्यले दक्षिणपन्थलाई वास्तवमै चोट पु¥याउनेछ र वामपन्थीहरूमा अदालतमाथिको विश्वास खल्बलिनेछ । तर, दीर्घकालीन रूपमा भने यसले वामपन्थीलाई नै टेवा पु¥याउनेछ । अदालतबाट न्याय गुमाएपछि प्रगतिशीलहरू जनतामाझ नै फर्कनेछन्, जहाँ ऐतिहासिक रूपमा दिगो सफलताहरू हुर्किने मौका पाउँछन् । यद्यपि यो प्रक्रिया धेरै नै लामो छ । तर, हालको अवस्थामा अनिच्छित गर्भधारणहरू भइरहनेछन् । गर्भपतनको तथाकथित जीवनमुखी तर्कले गर्भवती महिला र उनीहरूका परिवार नैतिक विकल्पहरूको द्वन्द्वमा पर्नेछन्, अर्थात् भ्रूणको भविष्यको चिन्ता र भू्रण बोक्नेकै चिन्तामा पर्ने देखिन्छ । द वासिंगटन पोस्ट  

ad
ad