मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १९ आइतबार १९:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमल थापाका भतिज अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १९ आइतबार १९:३o:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। एकताको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अध्यक्षमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पनि राजीनामा दिन लागेका हुन्। 

एकता महाधिवेशनको निर्वाचनमा काका कमल थापामाथि निर्मलनिवासबाट षडयन्त्र भएको उनको बुझाइ छ। कमल थापाले सार्वजनिक रूपमा नै राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले नांगाे हस्तक्षेप गरेको आरोप लगाइरहेका वेला उनका भतिजले पनि केन्द्रीय सदस्यबाट राजीनामा दिन लागेका हुन्।

‘महाधिवेशनमा निर्मलनिवासबाट हस्तक्षेप भयो, ’अभिषेकले नयाँ पत्रिकासँग भने, ‘यो षडयन्त्रका बीच पार्टीको केन्द्रीय सदस्यमा बसिरहन सकिँदैन भन्ने सोचमा पुगेको छु।’ उनले केन्द्रीय सदस्यबाट औपचारिक रूपमा राजीनामा भने दिइसकेका छैनन्।