मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १६:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको ७० लाखसहित ‘बिइङ ह्युमन’का म्यानेजर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १६:३४:००

काठमाडौंको दरबारमार्गस्थित ‘बिइङ ह्युमन’ कपडा सोरुमबाट स्रोत नखुलेको झन्डै ७० लाख रुपैयाँ फेला परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको टोलीले सोरुममा छापा मार्द ६९ लाख ५० हजार रुपैयाँ फेला परेको हो।

प्रहरीले सोरुमका म्यानेजर हिरोसी खनाललाई पनि पक्राउ गरेको छ।  घटनाको थप अनुसन्धान गर्न प्रहरीले रकमसहित खनाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक पठाएको छ। बरामद रकम हुन्डी कारोबारमा प्रयोग भएको हुन सक्ने प्रहरीको अनुमान छ।