मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १९ आइतबार
  • Tuesday, 15 July, 2025
एजेन्सी मुम्बई
२o७८ मङ्सिर १९ आइतबार १३:४६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

स्टार पावर नभएको ‘तडप’को राम्रो सुरुवात

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ मङ्सिर १९ आइतबार १३:४६:oo

बलिउड फिल्म ‘तडप’ले राम्रो सुरुवात गरेको छ। ३ नोभेम्बरदेखि हलमा रिलिज भएको फिल्मले दोस्रो दिनसम्म आठ करोडको व्यापार गरेको छ। फिल्मले ओपनिङको दिन चार करोड ५० लाख भारु कमाएको थियो।

‘स्टार पावर’को अभावमा समेत फिल्मले आकलन गरेभन्दा निकै राम्रो व्यापार गरिरहेको समिक्षकहरूले बताएका छन्। यसअघि सलमान खान स्टारर ‘अन्तिम–द फाइन ट्रुथ’ र जोन अब्राहम स्टारर ‘सत्यमेव जयते २’ले औसत मात्र व्यापार गरेका थिए। सलमानको ‘अन्तिम–द फाइन ट्रुथ’ले रिलिजको पहिलो दिन चार करोड ७५ लाख तथा ‘सत्यमेव जयते २’ले तीन करोड भारु कमाएको थियो।

दक्षिण भारतीय फिल्म ‘आरएक्स–हन्ड्रेड’को रिमेक गरिएको ‘तडप’मा अभिनेता सुनील सेट्टीका छोरा अहान सेट्टीले डेब्यु गरेका छन्।