१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीको दाबी– एमाले सरकार बन्न एक वर्ष पनि पर्खनुपर्दैन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४३:oo

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले ढिलोमा एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि एमालेले सरकार बनाउने दाबी गरेका हुन्।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा ओलीले एमाले नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासनसमेत दिए। ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको जिकिर गरे। 

उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने पनि बताए। ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरूलाई आह्वान गरे।

उनले भने, ‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो। एक वर्षमा चुनाव हुनैपर्छ। चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसको सरकार बन्छ देशमा ? त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो । त्यसपछि हामी पुनर्निर्माण र नवनिर्माणको कामहरू अगाडि बढाउँछाैँ । र, देशलाई समृद्धिको बाटोमा लान्छौँ।’
 

ad
ad