मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सोनी राई
२०७८ मङ्सिर १७ शुक्रबार १५:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुम्बु घुम्न आएका अमेरिकी नागरिक कक्षपतिको मृत्यु

Read Time : < 1 मिनेट
सोनी राई
२०७८ मङ्सिर १७ शुक्रबार १५:०३:००

सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका नेपाली मूलका अमेरिकन नागरिकको मृत्यु भएको छ । बिहीबार लुक्ला विमानस्थलमा समिट एयरको जहाजमार्फत आएका ६१ वर्षीय विन्देश्वर कक्षपतिको मृत्यु भएको हो । 

नाम्चे भ्रमणमा निस्केका कक्षपतिको फाक्दिङस्थित ट्रेकर होटलमा मृत्यु भएको हो । चिसोको मौसममा होटेलभित्र हिटर तापिरहेका उनी एक्कासि बेहोस भएका थिए ।

बेहोस हुनासाथ तत्काल उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कविता कटवालले बताए । उनको शव पोस्टमार्टमका लागि आजै हेलिकाेप्टरमार्फत टिचिङ अस्पताल महाराजगन्ज काठमाडौं पठाइएको छ ।