निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २७ शुक्रबार
  • Friday, 12 August, 2022
पार्टी कार्यालय थापाथलीमा पदवाहली गर्दै अध्यक्ष ओली। तस्बिर : दिपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १३:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीले कारबाही गरेका व्यक्ति राखेर २८ गते संसद् चल्न सक्दैन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १३:४७:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारबाही गरेकाहरूलाई हलमा राखेर संसद् चल्न नसक्ने बताएका छन्। थापाथलीस्थित पार्टी कार्यालयमा पदवहाली गर्दै ओलीले साउन २५ गते पार्टीबाट निकालेबाट व्यक्तिहरू राखेर मंसिर २८ गते संसद् चल्न नसक्ने बताए।  

‘संसद् किन बोलाइएको हो सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला। हामीले निष्कासन गरेका व्यक्तिहरूलाई संसद्मा राखेर कसरी चल्छ ? साउन २५ गते पार्टीबाट निकालेबाट व्यक्तिहरू राखेर २८ गते संसद् चल्दैन’, उनले भने। 

सभामुख सत्ता पक्षसँग मिलेर एमाले फुटाउन लागेको उनले बताए। सभामुखको पद निष्पक्ष नदेखिएको उनको टिप्पणी थियो। ताजा जनादेश नै अहिलेको निकास भएको उनले बताए। ताजा जनादेशमा जान डराउन नहुने उनको भनाइ छ।  

गठबन्धनको सरकारबाट देश चल्न नसकेको उनको भनाइ छ। ‘भद्रगोल र बेथिति छ देशले लामो समय थेग्न सक्दैन। हामीले छिटोभन्दा छिटो ताजा जनादेशमा जान भनिरहेका छौं‘, उनले भने। सरकारले हरेक क्षेत्रलाई निकम्मा बनाएर लोकतन्त्रलाई भत्काउने काम गरिरहेको उनको आरोप छ। सरकारका कतिपय घटकको काम नै बिगार्ने र भत्काउने मात्रै रहेको उनले टिप्पणी गरे।