१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

क्यानले सिफारिस गर्‍यो पाँच प्रशिक्षक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o६:oo

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि पाँचजनाको सूची तयार गरेको छ । डेव ह्वाटमोरको राजीनामापछि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रिक्त छ । यही कारण क्यानले मुख्य प्रशिक्षकमा पुबुदु दासानायके, मोन्टी देसाई, असान्था गुरुसिंघे, ग्रान्ट ब्राडवर्न र रुवान काल्पेजको नाम समावेश गर्दै सूची तयार गरेको हो । 

क्यानले सिफारिस गरेको सूची बिहीबार नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई पठाएको छ । मुख्य प्रशिक्षकका लागि निवेदन दिएकाहरूसँग क्यानले बुधबार अन्तर्वार्ता पनि लिएको थियो । अन्तर्वार्ताकै आधारमा क्यानले अन्तिम पाँचजनाको सूची तयार पारेको हो । क्यानले प्रशिक्षकको अन्तिम टुंगो लगाउन आइसिसीसँग छलफल गर्नेछ । सिफारिसमा परेका पाँचमध्ये एकजनाले नेपालको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् । 

पाँचजनामध्ये नेपाली टोलीका पूर्वमुख्य प्रशिक्षक दासानायके र देसाई प्रशिक्षक बन्ने होडमा अगाडि छन् । देसाईसँग यसअघि नेपालको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा काम गरिसकेको अनुभव छ । श्रीलंकन मूलका अस्ट्रेलियाली पूर्वक्रिकेटर गुरुसिंघे पनि प्रशिक्षक बन्ने दौडमै छन् । गुरुसिंघेले श्रीलंकाका लागि ४१ टेस्ट र १ सय ४७ एकदिवसिय खेलेका छन् । ग्रान्ट वार्डेन न्युजिल्यान्डका पूर्वक्रिकेटर तथा प्रशिक्षक हुन् । 

ad
ad