मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १६ बिहीबार
  • Thursday, 18 September, 2025
२o७८ मङ्सिर १६ बिहीबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसो बढेपछि नेपाललगन्ज–सिमिकोट उडान बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १६ बिहीबार १७:३९:oo

अत्याधिक चिसो बढेको र हिमपातको सम्भावना देखिएपछि नेपालगन्ज–सिमिकोट नियमित उडान स्थगत भएको छ। मौसम प्रतिकूलताका कारण बिहीबार बिहानैदेखि उक्त रुटमा उडान रोकिएको हो।
 
मौसमी प्रतिकूलता देखिएपछि नियमित उडान बन्द रहेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए। उनका अनुसार बिहीबार बिहानैदेखि हुम्लामा कुहिरो लागेको छ। हिमपात पर्ने गरी चिसो बढेको छ। ‘कतिपय ठाउँमा हिमपात परेको छ, प्रतिकूल मौसमका कारण उडान पनि बन्द छन्,’ उनले भने। 

हुम्लामा सुर्खेत र नेपालगन्ज एयरपोर्टदेखि तारा, समिट र नेपाल वायुसेवा निगमका जहाजले उडान भर्दै आइरहेका छन्। दिनमा ३÷४ वटा उडान हुने भए तापनि बिहीबार उडान रोकिएको छ। उडान रोकिएपछि हुम्लाका अत्यावश्क खाद्य वस्तु ढुवानीसमेत रोकिएको छ।