![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/arun-tesro-12021-12-02-01-06-48.jpeg)
संखुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा सुरुङभित्र काम गर्ने क्रममा ढुंगाले किचेर एक भारतीय मजदुरको मृत्यु भएको छ ।
चिचिला गाउँपालिका–३ सोलाखानीस्थित सुरुङभित्र काम गर्ने क्रममा ढुंगा खसेर किच्दा भारत मध्यप्रदेश घर भएका मुगेरीलाल सिंह गम्भीर घाइते भएका थिए । गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुंगा खसेर घाइते भएका सिंहलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो ।
जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।