१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माधव नेपालको राप्रपालाई सुझाव– परिवर्तनको गतिलाई रोक्ने काम नगरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:o६:oo

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन्। अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइराख्न र नेपाली जनताको भावनाबमोजिम परिवर्तनको संवाहक शक्तिको रूपमा अघि बढ्न पनि सुझाव दिए। राजसंस्था र हिन्दूधर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा बोल्दै उनले नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औँल्याउँदै सोहीअनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।

अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराए। अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरू अहिले पनि सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। 

  
 

ad
ad