मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १५ बुधबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध सुन र नगदसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १५ बुधबार १४:३२:००

सिराहाको लहान नगपालिका- ७ स्थित बजार क्षेत्रबाट प्रहरीले अवैध सुन र नगदसहित दुईजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मंगलबार अपराह्न तीन लाख ९१ हजार आठ सय तीन रुपैयाँबराबरको ५० ग्राम सुन र ५४ हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सप्तरीको खडक नगरपालिका- ११ बनौलीका करिब २५ वर्षीय तौहिद आलम र बोदेवर्साइन नगरपालिका- ६ फुलकाही बस्ने करिब २५ वर्षीय मो. समिम अख्तर रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । 

शंकास्पद अवस्थामा लहान- ७ स्थित सुनचाँदी बजार क्षेत्रमा स.८ प ६०७७ नम्बरको मोटरसाइकलमा भेटिएका उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा आलमको साथबाट सुन र समिमको साथबाट नगद बरामद भएको उनले बताए । पक्राउ गरिएका दुवैलाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।