मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार १४:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इतिहासमा गर्व गर्दा वर्तमानलाई बिर्सनुहुँदैन : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १४:२५:oo

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासको बारेमा गर्व गर्दै गर्दा वर्तमानलाई बिर्सन नहुने बताएका छन्। काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालको स्वाधीनता जोगाउन भूमिका खेलेका राजा–महाराजाप्रति गर्व गरे पनि परिवर्तित समयअनुसार वर्तमानलाई हेर्नुपर्ने उनको धारणा छ। वर्तमानको विश्लेषण गर्दा भविष्यतिर ध्यान दिनुपर्ने भन्दै उनले भावी पिँढीलाई विरासतमा कस्तो राष्ट्र सुम्पने भन्ने कुरामा गम्भीर हुन आग्रह गरे।

‘नेपालको स्वाधीनता जोगाउन भूमिका खेलेका राजा–महाराजाप्रति पनि गर्व गर्न सक्छौँ। तर, आज युग फेरिएको छ। लोकतन्त्रको नयाँ स्तरबाट व्याख्या गरिएको छ, र जनताको भूमिका नयाँ ढंगले  परिभाषित छ,’ अध्यक्ष प्रचण्डले भने, ‘इतिहासमा गर्व गर्दै गर्दा वर्तमानलाई बिर्सनुहुँदैन र वर्तमानको विश्लेषण गर्दै गर्दा भविष्यतिर हाम्रो ध्यान जानैपर्छ। भविष्यमा आउने पिँढीलाई कस्तो राष्ट्र हामीले विरासतको रूपमा दिने भन्ने कुरामा गम्भीर हुनैपर्छ।’