मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १४ मंगलबार १४:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदूषण व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नुपर्ने वेला आएको छ : मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार १४:३५:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताएकी छिन्। मंगलबार जलवायु परिवर्तनसँग सुहाउँदो सहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने वेला आएको बताएकी हुन्।

उनले ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिबद्धताहरूलाई सबै नागरिकले आफ्नो एजेन्डा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्। अहिले भएका ठाउँहरूलाई राम्रो बनाउन कागजमा कार्यक्रम ल्याएर मात्रै नपुग्ने भन्दै उनले सबैले आफ्नो क्षेत्रबाट आगामी ३० वर्षमा नेपालका विभिन्न सहरलाई नयाँ सहर बनाउने अवधारणाअनुरूप काम गर्नुपर्ने बताइन्। 

‘कोप २६ मा हाम्रो प्रधानमन्त्री गएर बोल्नुभयो हाम्रो प्रायोरिटी यो हो भनेर। स्वाभाविक रूपले नेपाल सरकारको प्रधानमन्त्रीले बोलेको विषयहरू हाम्रो सरकारको प्राथमिकता हो।  त्यहाँ केही विषयहरू बोलिए र हामीले त्यसलाई अरू ढंगले पनि प्रेजेन्ट गरिरहेका छौँ,’ उनले भनिन्, ‘एउटा अनौठो तथ्यांक देखेँ मैले– २०३० सम्म हामीले १५ प्रतिशत स्वच्छ र सस्तो ऊर्जाको विकास गर्ने भनेका छौँ, जब कि हाम्रो ऊर्जा भनेर केलाई भन्ने ? दाउरा आदि इत्यादिलाई पनि ऊर्जा भन्ने हो भने त फेरि हाम्रो अर्को कुरा हुने होला ! आजको दिनमा अरूकै कुराहरूलाई हामीले ध्यान दिएकोजस्तो पनि लाग्छ।’

मन्त्री झाँक्रीले काठमाडौंलाई नयाँ काठमाडौं बनाउन कागजमा मात्र लेख्ने काम नगरी कार्यान्वयन गर्न र त्यसको अध्ययन–अनुसन्धान हुनुपर्नेमा पनि जोड दिइन्। उनले काठमाडौंमा मेट्रो रेल चलाएर ट्राफिक जामको व्यवस्थापन गर्न सकिन्छ भन्नेहरूले त्यसबारे अध्ययन नै नगरी सुनेको भरमा मात्रै बोल्दै हिँडेको टिप्पणी गरिन्।