मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीका पदाधिकारीहरु ।
कमल खत्री म्याग्दी
२०७८ मङ्सिर १२ आइतबार १६:४८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

म्याग्दीका पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७८ मङ्सिर १२ आइतबार १६:४८:००

नेकपा (माओवादी केन्द्र)को पालिका अधिवेशनअन्तर्गत म्याग्दीको एक नगरपालिका र चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। वडा अधिवेशन सम्पन्न गरेर शनिबार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो।

बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा शेरबहादुर केसी निर्विरोध चयन भएका छन्। रघुगंगाको अध्यक्षमा हरि भण्डारी, मंगलाको अध्यक्षमा यामबहादुर रोका, मालिकाको अध्यक्षमा दोरण शेरचन र धवलागिरिको अध्यक्षमा यामन रोका चयन भएका नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिए। उनका अनुसार अन्नपूर्ण गाउँपालिका कमिटीको अधिवेशन भने केही दिनपछि मात्रै तय हुने भएको छ।

माओवादीको पालिका अधिवेशनबाट नेतृत्वमा युवाहरू पुगेका छन्। चारवटै गाउँपालिकामा अध्यक्ष युवा छन्। वडा र पालिका कमिटीको नेतृत्वमा युवाहरूको वर्चस्व रहेको जिल्ला संयोजक जुग्जालीले बताए। ‘विधानमा व्यवस्था गरेबमोजिम समावेशी प्रतिनिधित्व छ। वडादेखि पालिकासम्म कमिटीमा चयन भएकाहरू अधिकांश युवाहरू छन्। पार्टीमा युवाहरूको आकर्षणले जिल्लामा पार्टी थप बलियो बन्ने विश्वास लिएका छाैँ,’ उनले भने।

शेरबहादुर केसी अध्यक्ष रहेका बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुंगाना, सचिवमा ज्ञानेन्द्र सुवेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिवमा किसान विक चयन भएका छन्। हरि भण्डारी अध्यक्ष निर्वाचित भएका रघुगंगा गाउँपालिका कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिवमा भविन्द्र शेरपुञ्जा, सहसचिवमा कर्ण राना चयन भएका निर्वाचन अधिकृत श्रीकृष्ण रिजालले जानकारी दिए।

यामबहादुर रोका अध्यक्ष चयन भएका मंगला गाउँपालिका कमिटीको उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिवमा तीर्थलाल विक, सहसचिवमा मनमाया चोचांगे र कोषाध्यक्षमा मोतीलाल पौडेल चयन भएका छन्। मालिकामा दोरण शेरचनको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन भएको छ। कमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धिबहादुर जुग्जाली, सचिवमा धनकुमार पाइजा, सहसचिवमा शिव दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल चयन भएका छन्। त्यसैगरी धवलागिरिमा यामन रोका अध्यक्ष, झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया विक उपाध्यक्ष, रेशम पुन सचिव, चक्र पुन, सहसचिव र रामबहादुर खत्री कोषाध्यक्षमा चयन भएका छन्।