मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १२ आइतबार
  • Wednesday, 09 July, 2025
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १२ आइतबार ११:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारले आज नेकपा (एस) अध्यक्ष नेपाललाई ज्ञापनपत्र बुझाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १२ आइतबार ११:४३:oo

नेपाल बार एसोसिएसनका पदाधिकारीले आज आइतबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने विषयमा ज्ञापनपत्र बुझाउन बार पदाधिकारीले आज अध्यक्ष नेपाललाई भेट्न लागेका हुन्।

आज दिउँसो साढे २ बजे संसदीय दलको कार्यलय सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाउने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए। यसअघि बारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो।