मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ११ शनिबार १३:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीको नेतृत्व बदल्न चाहनेहरूबीच एकता र समझदारी आवश्यक छ : गगन थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ११ शनिबार १३:३५:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको नेतृत्व बदल्न चाहानेहरूका बीचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताएका छन् । शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । 

उनले भने, ‘अधिवेशन भनिसकेपछि संख्या हुन्छ । गणित हुन्छ । संख्याले, गणितले भनिरहेको छ – पार्टीको नेतृत्व बदल्नका लागि नेतृत्व बदल्ने संकल्प गरेर मैैदानमा आउनुभएको नेताहरूका बीचमा एकता हुन आवश्यक छ । एउटा समझदारी हुन आवश्यक छ । त्यो समझदारी कायम गर्नैपर्छ । समझदारी कायम गर्दै गर्दाखेरी स्वाभाविक रूपमा कसको नाममा समझदारी कायम हुन्छ, कसले नेतृत्व गर्दैगर्दा न्याय हुन्छ । राजनीतिक न्याय हुन्छ । जायज हुन्छ भन्ने कुरा आवश्यकता पर्दाखेरी उपयुक्त समयमा हामीजस्ता प्रत्येक कार्यकर्ताले बोल्नेछौँ । बोल्न तयार छौँ ।’