मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Saturday, 12 July, 2025
२o७८ मङ्सिर ११ शनिबार १२:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपरको ठक्करले स्कुटरचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार १२:११:oo

अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका– ८ आदर्श चोक प्राइम बैंकअगाडि जगातीबाट तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटरचालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन्।

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नम्बरको टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बा५७प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय असिम लिम्बूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते स्कुटर पछाडि सवार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनको डा. इवामुरा अस्पताल, सल्लाघारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बि एन्ड बी अस्पताल पठाएको उनले जानकारी दिए।

दुर्घटनापछि फरार टिपरचालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौं माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले थिमिको राधेराधेबाट नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए। रासस