टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
२०७८ मङ्सिर १० शुक्रबार १७:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई भाउजू मिलेर गरे देवरको हत्या, घटना लुकाउन रातारात शव जलाइयो 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १७:४९:००

सल्यानमा आफ्नै  देवरको हत्या गरेको आरोपमा दुई भाउजूलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ५ रानीकोट गैरागाउँनिवासी अन्दाजी ३३ वर्षीय शेरबहादुर चन्दको शव फेला परेपछि प्रहरीले शारदा नगरपालिका – ५ निवासी मृतकका भाउजू २६ वर्षीया लक्ष्मी चन्द र अर्की भाउजू नाता पर्ने राधा पौडेल चन्दलाई पक्राउ गरेको हो। 

घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्यामप्रसाद यादवका अनुसार शव घरदेखि करिब ५० मिटर पश्चिममा फेला परेको हो । टाउकोमा धारिलो हतियार प्रयोग भएको र आधा शरीर जलेको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । 

आरोपित भन्छिन् - बलात्कार प्रयास गरेपछि घटना घटेको हो 
शारदा नगरपालिका–५ निवासी लक्ष्मी चन्द र मृतक देवर बस्ने घर एउटै हो । दुई तलाको माटो र ढुंगाले छाएको कच्चीघरमा दुई दाजुभाइको परिवार सँगै बस्दै आएको थियो । सासु ससुरा पनि सँगै छन् । तर, घटना भएको दिन भने उनी बर्दिया गएका थिए ।

मृतककी पत्नी माइत गएको र दाइ रोजगारीको सिलसिलामा विदेशमा रहेको बुझिएको छ। घटना भएको दिन बिहीबार बेलुका सबैले सँगै खाना खाएका थिए ।करिब १० बजे राति छिमेकी घर भएकी राधा सुत्ने भनेर घर फर्किएपछि सबै आफ्नो  कोठामा सुत्न गएछन् । 

केही समयपछि मृतकले पानी प्यास लागेको भनेर भाउजूलाई भनेपछि उनले पानी लगेर उनको कोठामा गएको समयमा मृतकले बलात्कार गर्न प्रयास गरेछन् । आफूमाथि बलात्कार प्रयास भयो भन्दै ती छिमेकीको घरमा भन्न गएपछि राधा आएको र उसैले देवरको हत्या गरेको मृतककी भाउजूले एक स्थानीयलाई बताइन् । 
घटना यसरी बाहिरियो 
मृतककी भाउजू शुक्रबार बिहान सदरमुकाम खलंगामा रहेको बैंकमा विदेशबाट श्रीमानले पठाएको पैसा निकाल्न गइन्। स्थानीय अटोचालक शेरबहादुर बुढाथोकीले उनी हतारहतारमा जाँदै गरेको बाटोमा भेटेका थिए ।विद्यार्थीहरूलाई स्कुल लिएर छोडेपछि अटोचालकलाई स्थानीय दुई वृद्धाहरुले वृद्धभत्ता लिन जानु छ, बैंकसम्म जानु पर्यो भनेपछि उनीहरूलाई लिएर बैंक पुगे । जहाँ मृतककी भाउजू पनि थिइन् । 

अटोचालकले बिहान किन हतार गरी आएको भनेर सोधेपछि उनले सबै कुरा अटोचालकलाई बताउँदै आफूहरूलाई कानुनी प्रक्रियाबाट बचाइदिन अनुरोध गरिन् । त्यसपछि मात्रै घटना बाहिरिएको हो । स्थानीयले नै घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।


टाउकोमा गहिरो चोट र शव जलाइएको अवस्थामा भेटियो
घटनाको प्रकृति हेर्दा हत्या भएको र सबुत प्रमाण नष्ट गर्नका लागि शव जलाउन खोजिएको जस्तो देखिएको स्थानीय वडाध्यक्ष प्रदीप शाहीले बताए। ‘हामी घटनास्थलमा पुग्दा मृतकको शरीर आधा जलेको भेटियो। सुत्ने कोठामा पनि सबुतहरू मेटाउन खोजिएको छ। मृतक सुतेको तन्ना र मोबाइल फोन पनि घरनजिकै जलाइएको अवस्थामा भेटियो । हत्या के कारणले गरेको हुन् थप अनुसन्धानबाट पनि खुल्छ होला तर यसरी कानुन हातमा लिने अधिकार कसैलाई पनि छैन,’ उनले भने ।

घटना थाहा पाएलगत्तै प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ। तर, घटना यही कारणले भएको भनेर अहिले नै पुष्टि भइसकेको छैन। घटनाको अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्स्पेक्टर श्यामप्रसाद यादवका अनुसार मृतकको पोस्टमार्टम गर्नका लागि शव सल्यान अस्पतालमा राखिएको छ। घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको बताए।  लिंगका आधारमा कसैलाई पनि हत्या हिंसा गर्नु हुंँदैन भनेर देशव्यापी १६ दिने लैगिक हिंसाविरुद्धको दिवस मनाइरहँदा यस्तो हिंसक गतिविधिले स्थानीयहरूलाई त्रसित बनाएको छ ।