पौडेल र पोखरेलबीच सहमति जुटाउने ओलीको प्रयास

शुक्रबार, १० मंसिर, २०७८
डिजिटल संस्करण

दशौँ महाधिवेशनमा एमालेको संस्थापन समूहकै नेताहरू दुई खेमामा बाँडिँदै गएपछि पार्टी अध्यक्ष केपी ओली सर्वसम्मत नेतृत्व चयन गर्ने गृहकार्यमा जुटेका छन् । अध्यक्ष ओलीले महासचिवका आकांक्षी विष्णु पौडेल र  शंकर पोखरेलसँग बेग्लाबेग्लै र संयुक्त रूपमा छलफल गरी सहमति जुटाउने कोसिस गरेका छन् ।

महासचिवका दाबेदार पौडेल र पोखरेलबीच सहमति जुटाएर एकजनालाई उपाध्यक्षमा मनाउन ओली लागिपरेको एमाले उच्च स्राेतले नयाँ पत्रिकालाई जानकारी दिएको छ । सौराहास्थित होटेल पार्क सफारीमा अध्यक्ष ओली, पौडेल र पोखरेलबीच छलफल भएको हो । 

उद्घाटन समारोह सुरु हुँदै

केही समयपछि नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन समारोह सुरु हुँदै छ ।  महाधिवेशनका लागि देशभरका एमाले नेता–कार्यकर्ता चितवनमा आउने क्रम जारी छ । अहिले बजार क्षेत्र र नारायणी नदी किनार एमाले कार्यकर्ताले भरिँदै गएको छ । बजार क्षेत्रमा अहिले  सार्वजनिक सवारी कम चलेका छन् । चारैतिरबाट एमाले कार्यकर्ता चितवन आउने क्रम जारी छ।

See More On

सुझावित समाचार