मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १० शुक्रबार १०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पौडेल र पोखरेलबीच सहमति जुटाउने ओलीको प्रयास

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १०:३५:००

दशौँ महाधिवेशनमा एमालेको संस्थापन समूहकै नेताहरू दुई खेमामा बाँडिँदै गएपछि पार्टी अध्यक्ष केपी ओली सर्वसम्मत नेतृत्व चयन गर्ने गृहकार्यमा जुटेका छन् । अध्यक्ष ओलीले महासचिवका आकांक्षी विष्णु पौडेल र  शंकर पोखरेलसँग बेग्लाबेग्लै र संयुक्त रूपमा छलफल गरी सहमति जुटाउने कोसिस गरेका छन् ।

महासचिवका दाबेदार पौडेल र पोखरेलबीच सहमति जुटाएर एकजनालाई उपाध्यक्षमा मनाउन ओली लागिपरेको एमाले उच्च स्राेतले नयाँ पत्रिकालाई जानकारी दिएको छ । सौराहास्थित होटेल पार्क सफारीमा अध्यक्ष ओली, पौडेल र पोखरेलबीच छलफल भएको हो । 

उद्घाटन समारोह सुरु हुँदै

केही समयपछि नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन समारोह सुरु हुँदै छ ।  महाधिवेशनका लागि देशभरका एमाले नेता–कार्यकर्ता चितवनमा आउने क्रम जारी छ । अहिले बजार क्षेत्र र नारायणी नदी किनार एमाले कार्यकर्ताले भरिँदै गएको छ । बजार क्षेत्रमा अहिले  सार्वजनिक सवारी कम चलेका छन् । चारैतिरबाट एमाले कार्यकर्ता चितवन आउने क्रम जारी छ।