१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Friday, 04 July, 2025
२o७८ मङ्सिर ८ बुधबार १९:४४:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता डिजिटल संस्करण

कम्युनिस्ट पार्टीमा उत्तराधिकारीको व्यवस्था हुँदैन : यमलाल कँडेल (भिडियो अन्तर्वार्ता)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १९:४४:oo

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश सहसंयोजक यमलाल कँडेलले पार्टीको दशौँ महाधिवेशनमा कर्णालीबाट पदाधिकारीमा सर्वसम्मत पदाधिकारीमा उम्मेदवारी हुने बताएका छन्। मंगलबार नयाँ पत्रिकासँग कुरा गर्दै उनले कर्णालीबाट पार्टीमा पदाधिकारीमा दाबी रहने बताए। ‘यो पद नभनौँ हामी छलफलमा छौँ। हामीले पदाधिकारीमा एकजनालाई सर्वसम्मत उम्मेदवार बनाउँछौँ।’


पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट भए पनि पदका लागि कुनै कुरा नभएको उनले बताए। अध्यक्ष पद बाँडफाँडको विषयमा मौन रहेको बताउँदै आफूले कुनै पदको माग नगरेको बताए। तर कर्णालीको भूगोल उपेक्षित हुन नहुने धारणा राखेको उनको भनाइ छ। 

स्रोतका अनुसार कर्णालीका जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यहरूले कँडेललाई सचिवका लागि सर्वसम्मत उम्मेदार बनाउने तयारी गरेका छन्। एमालेले दशौँ महाधिवेशनबाट ७ जना सचिव बनाउँदै छ। कम्युनिस्ट पार्टीभित्र उत्तराधिकारीको व्यवस्था नहुने उनले बताए। आफूलाई पार्टीमा सिनियर नेताको रूपमा उभ्याउनु एउटा कुरा भए पनि नेतृत्वको उत्तराधिकारीको रूपमा लिनु गलत हुने उनको भनाइ छ। 

उनले सर्वसम्मत नेतृत्व छान्नु पनि लोकतन्त्रिक विधि भएको बताए। ‘सबैभन्दा जनवादको प्रयोग सर्वसम्मत नेतृत्व चयनमा हुन्छ,’  ’निर्वाचनमात्र त्यो विधि होइन। सर्वसम्मति केन्द्रीयता होइन। यो पनि लोकतान्त्रिक विधि हो।’
पार्टीमा १० बुँदे लागू भइसकेको बताउँदै उनले १० बुँदेको पृष्ठभूमिका रहेका साथीहरूलाई पार्टीमा उपेक्षा नहुने बताए। एमाले सबै अटाउन सक्ने पार्टी भएकाले त्यसो नहुने कँडेलको भनाइ छ। 

पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूलाई तल्लो कमिटीबाट नै समेटिँदै आएको उनले बताए। ‘अहिलेको एमाले नेकपाकै लिगिसीको पार्टी हो। यहाँ एकतामा आउनुभएका साथीहरू हुनुहुन्छ। उहाँहरू पार्टीमा छुट्नुहुन्न,’ उनले भने, ‘तल्ला कमिटीहरूबाटै पूर्वमाओवादी साथीहरूलाई समेटिएको छ। पार्टी एकताको भावसँगै उहाँहरू समेटिनुहुन्छ।’