१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

इन्टरपोलको महासभामा सहभागी हुन आइजिपी थापा टर्की प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:२७:oo

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री आज बिहान टर्की प्रस्थान गरेका छन्। टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन महानिरीक्षक थापा त्यसतर्फ प्रस्थान गरेका हुन्।

मंसिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औँ महासभा हुँदै छ। तीन दिनसम्म चल्ने उक्त महासभामा विभिन्न देशका प्रहरी प्रमुखहरूको उपस्थिति रहनेछ। महानिरीक्षक थापा क्षेत्री इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो नेपालका प्रमुख हुन्। उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान पनि त्यसतर्फ प्रस्थान गरेका नेपाल प्रहरीले जनाएको छ।

एक सय ९४ राष्ट्रका नेसनल सेन्ट्रल ब्युरो प्रमुख तथा प्रतिनिधि सहभागी हुने उक्त महासभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्छ। महासभामा वर्तमान सुरक्षा तथा अपराध चुनौती, प्रहरी कार्य तथा प्रविधि, बजेट, साइबर क्राइम, संगठित अपराध, आतंकवाद, मानव बेचबिखनजस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ। महानिरीक्षक थापा क्षेत्रीले कार्यबाहक जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीलाई दिएका छन्।

ad
ad