मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ५ आइतबार
  • Wednesday, 25 December, 2024
गणेश लम्साल विराटनगर
२o७८ मङ्सिर ५ आइतबार १२:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ कांग्रेसको क्षेत्रीय सभापतिहरूमा संस्थापनइतर समूहको वर्चस्व

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ मङ्सिर ५ आइतबार १२:२४:oo

मोरङमा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिहरूमा  संस्थापनइतर समूहले वर्चस्व बनाएको छ। संस्थापन पक्षबाट दुईजना सभापतिहरू मात्र निर्वाचित भएका छन्। मोरङमा शनिबार सम्पन्न १२ वटा प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनबाट ५ नम्बर निर्वाचन क्षेत्रबाहेक अन्य सबैमा संस्थापनइतर समूहका सभापतिहरू विजयी भएका हुन्। 

शनिबार रात अवेर घोषित मतपरिणामअनुसार मोरङको क्षेत्र नम्बर  ५ (क)मा अचालु खाँ र  (ख )मा जितु साह सभापति चयन भएका छन्। सभापति शेरबहादुर देउवा समूहमा रहेका केन्द्रीय सदस्य अमृत अर्यालको निर्वाचन क्षेत्र भएकोले दुवै क्षेत्रमा संस्थापन पक्षकै सभापतिहरू सर्वसम्मतले चयन भएका हुन्। अन्य क्षेत्रहरूमा भने एक–दुईबाहेक प्रायमा संस्थापनइतर समूहकै उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचत हुने सभापतिहरू सबैजना पौडेल समूहकै हुन्। 
 
मत परिणामअनुसार क्षेत्र नम्बर १ (क)को सभापतिमा नरबहादुर मोक्तान र (ख) को सभापतिमा राजकुमार लामा निर्वाचित भएका छन्। क्षेत्र नम्बर २ (क)मा कन्हैया राजवंशी   र (ख)मा  देवेन्द्र बस्नेत  निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ (क) मा गंगा याखा र (ख) मा जगतलाल चौधरी सभापति बनेका छन्। क्षेत्र नम्बर ४  (क)मा एकाराम माझी र (ख) मा सुबोध निरौला सभापति चयन भएका छन्।

यसैगरी क्षेत्र नम्बर ६ (क)  दीपक भगत र  (ख)मा मधुबाबु तिवारी सभापतिमा चयन भएका छन्।  मोरङका  हरेक प्रदेश निर्वाचन क्षेत्रबाट १६ जना गरेर जम्मा एक सय ९२ प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन्। उनीहरूले प्रदेश पदाधिकारी चयन गर्न मतदान गर्नेछन्। मोरङ कांग्रेस सचिव मोदराज घिमिरेका  अनुसार जिल्लामा विजयी भएका तीन हजार पाँच सय ५१ क्षेत्रीय प्रतिनिधिले मतदानमा भाग लिएका थिए।