मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर ५ आइतबार ०९:०६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वाई वाई यू–१९ गण्डकी प्रदेश क्षेत्रीय छनोट क्रिकेट सम्पन्न

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ५ आइतबार ०९:०६:००

वाई वाई यू–१९ गण्डकी प्रदेश क्षेत्रीय छनोट क्रिकेट प्रतियोगिता शनिबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका खेलाडीको प्रदर्शनका आधारमा आइतबार (आज) खेलाडी छनोटसँगै क्षेत्रीय टिम घोषणा गरिनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा कास्कीले तनहुँलाई ५४ रनको पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको कास्कीले पूरा ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । प्रत्युत्तरमा तनहुँले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११० रन मात्रै बनाउन सक्यो ।

कास्कीको ब्याटिङमा अर्जुन कुमालले ४९, अभिषेक थापाले ४० रन बनाए । तनहुँका बलर विनोद नेपालीले २२ रन खर्चिएर ४ विकेट लिएका थिए । कास्कीका बलर सुवास भण्डारीले कसिलो बलिङ गर्दै १९ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिएपछि तनुहँ ११० रनमा समेटिएको हो ।

तनहुँको तर्फबाट विनोद नेपालीले १८ रन जोडे । खेलमा कास्कीका सुवास भण्डारी म्यान अफ द म्याच भए । प्रतियोगिताभर कुल १० विकेट लिएका उनी सर्वोत्कृष्ट बलरसहित म्यान अफ द सिरिज पनि चुनिए । यस्तै, प्रतियोगिताभर १३७ रन बनाएका स्याङ्जाका मिलन क्षत्री उत्कृष्ट ब्याट्सम्यान भए ।

आयोजक प्रदेश क्रिकेट संघ, गण्डकीका अध्यक्ष देवेन्द्र प्रजुका अनुसार राउन्ड रोविनका आधारमा खेलाइएको प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर र स्याङ्जा गरी चार जिल्लाका चार टिम सहभागी थिए ।