१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Thursday, 04 July, 2024
२o७८ मङ्सिर ३ शुक्रबार १९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अवैध लागुऔषधसहित दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १९:४३:oo

अवैध लागुऔषधसहित सिरहामा प्रहरीले दुई  युवकलाई पक्राउ गरेको छ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका– १० मा चेकजाँचको क्रममा अवैध लागुऔषधसहित दुईजना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिम गइरहेको प्रदेश नं. ०२–०२३ प. ९३९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा अवैध लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 
इलाका प्रहरी कार्यालय धनगढीको टोलीले चेकजाँचको क्रममा अवैध लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका ७ का २५ वर्षीय नागेश्वर भगत र सोही मोटरसाइकलमा पछाडि सवार धनुषाको औरही गाउँपालिका – ५ का २९ वर्षीय रमनकुमार कर्णलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट नोर्फिन–१९४ एम्पुल, प्रोमिथोजाइन–३४२ एम्पुल, डाइजोपाम–३८२ एम्पुल र लेबल नभएको १८२ एम्पुल गरी एक हजार १ सय एम्पुल प्रतिबन्धित लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले जानकारी दिए। लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान थालिएको प्रवक्ता बुढाथोकीले बताए। 

ad
ad
ad
ad