मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ३ शुक्रबार १७:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली नै पार्टी अध्यक्षमा सर्वसम्मत : योगेश भट्टराई(भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १७:४८:oo

नेकपा (एमाले)का सचिव एव‌ं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १०औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन् । सचिव भट्टराईले पार्टीको नेतृत्व चयन सर्वसम्मतिले भए अध्यक्षमा ओली नै चयन हुने बताएका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतका आठौँ र नवौँ महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पुर्‍याएकाले दशौँ महाधिवेशनमा पार्टीको नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरू जोड रहेको तर्कसमेत गरे । सचिव भट्टराईले पार्टीमा समूह बन्दीको अवस्था आउन नदिन पनि सहमतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने बताए।

सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधिहरू जोकोहीले पनि नेतृत्वको दाबी गर्न पाउने उनले स्पष्ट पारे।सचिव भट्टराईले पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेताहरू रहेको उल्लेख गर्दै महाधिवेशनले उनीहरू सबैको सम्मानजनक ढंगले व्यवस्थापन गर्ने पनि बताए।