मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ०८:२३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मीका सुशील सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार ०८:२३:००

नेपाल आर्मीका सुशील थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ४८ केजीमा सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुदपरिसरको कराते हलमा भइरहेको प्रतियोगितामा सुशीलले उदयपुरका लक्ष्मण राईलाई पराजित गरेका थिए ।

एचटुओका रविन थापाले अल्फाका विशेष बुढामगरलाई हराउँदै अन्तिम चार स्थान पक्का पारे । बाजुराका कमल विश्वकर्माले दाङका राजन परियारबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुगे । यसै समूहको अन्तिम क्वार्टरफाइनलमा सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराए । 

पुरुष ५१ केजीमा उदयपुरका नारायण भुजेलले चितवनका विमोचन लामिछानेलाई हराउँदै सेमिफाइनल स्थान पक्का गरेका छन् । आर्मीका सुवास तामाङले आर्मी बीका जयन्त मैनाली अंकको आधारमा पराजित गर्दै अन्तिम चारमा पुगे । रुकुमका जीवनकुमार पुनले अल्फका प्रशान्त झाक्री मगर तथा एपिएफका प्रदीप महर्जनले पाल्पाका दिलबहादुर आलेलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे । पुरुष ५४ केजीमा आर्मी बीका सुदीप श्रेष्ठले रामेछापका आर्यन गहतराजलाई पराजित गरे । भिपिबिसीका उपास गुरुङले दाङका भरत पुनमगरलाई पाखा लगाए ।