१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर विवादको विवरण सार्वजनिक गर्न कर्मचारीलाई अर्थमन्त्री शर्माको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:२७:oo

अर्थमन्त्री जनार्दन शर्माले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्न राजस्वका कर्मचारीहरूलाई निर्देशन दिएका छन्। १०औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको बताउँदै यस्तो निर्देशन दिएका हुन्।

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था अघि बढाउनसमेत निर्देशन दिए। उनले भने, ‘प्रशासकीय पुनरावलोकनमा गएका मुद्दा कति छन् सार्वजनिक गर्नुस्, आजै गर्नुस्। गुपचुप राखेर जनताले अवस्था थाहा पाउँदैनन्। म विज्ञ होइन, तर मेरो विचारमा कर तिर्ने व्यवसायी होइन, जनता हो। उनीहरूलाई थाहा दिनुपर्छ ।’

मन्त्री शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायीमैत्री कर प्रणाली बनाउन सरकार लागिपरेकोसमेत उल्लेख गरे।

 

ad
ad