१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज नृसिंह अवतार नाच देखाएर यस वर्षकाे कात्तिक नाच सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४७:oo

ललितपुरको पाटनमा जारी कात्तिक नाचका क्रममा बुधबार नृसिंह अवतार नाच प्रस्तुत हुँदै छ। कात्तिक नाचमध्येकै अनौठो मानिने यो नाचमा हिरयण्यकश्यपुको कथा प्रदर्शन गरिनेछ।

आठ दिनसम्म प्रदर्शन गरिँदै आएको यस नाचको बुधबार अन्तिम दिन हो। तालिका अनुसार नृसिंह अवतार नाच बुधबार प्रस्तुत गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए। उनका अनुसार आज साँझ ८ बजे नाच समापन हुनेछ। नृसिंह अवतारअन्तर्गत भगवान् विष्णु तथा दैत्यराज हिरण्यकश्यपु र भक्त प्रह्लादको कथा आजको नाचमा प्रदर्शन गरिनेछ। 

यो नाच अन्याय–अत्याचारका विषयमा केन्द्रित छ। वि.सं. १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लद्वारा सुरु गरिएको यो नाच देखाउँदा देश र जनताको कल्याण हुन्छ भन्ने मान्यता छ। कात्तिक नाच प्रस्तुत गर्दा देशमा आउने बिघ्नबाधा हटेर जनताले सुखशान्ति पाएको किंवदन्ती छ।

ad
ad