मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Wednesday, 09 July, 2025
२o७८ मङ्सिर १ बुधबार o६:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुरन र बाबुराम क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार o६:४o:oo

एपिएफका पुरन राई र नेपाल आर्मी बीका बाबुराम मगर प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजी समूहको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा जारी प्रतियोगितामा पुरनले कास्कीका सरोज विकलाई हराएका हुन् भने अर्को खेलमा बाबुरामले सल्यानका गोविन्द बठामगरलाई पराजित गरेका हुन् । 

सो तौलसमूहमा नेपाल प्रहरीका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदीबाट वाकओभर पाएका छन् । एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामीलाई पाखा लगाए । कञ्चनपुरका रन्जन भट्टले रामेछापका टल छन्त्यालमाथि सहज जित निकाले । भाइबका तिलवीर पुनमगरले बाँकेका नितेश नेपालीबाट वाक ओभर पाए । बक्समान्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका शुलभ मालाकारलाई हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा सञ्चालन भइरहेको प्रतियोगिताको पुरुष ६० केजी समूहमा नक्सालका विजय थापाले आरडिएसका मार्सल गुरुङलाई पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेका छन् । बिएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राईलाई निराश पारे । आर्मीका विमल रोक्काले अल्फाका निराजन चौधरीलाई हराए । दाङका अनिल पुनमगरले बिटिएफसीका मौसम रानामगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निसान दासलाई पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगे ।

यसैगरी, पुरुष ५४ केजीमा अल्फाका रेमोन पुनमगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाकओभर पाएर क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । प्रतियोगिताअन्तर्गत महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्रीलाई अंकका आधारमा हराउँदै अन्तिम आठको स्थान सुरक्षित गरेकी छिन् । आरडिएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वार्टरफाइनलमा पुगिन् ।