१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Saturday, 28 September, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ कार्तिक ३० मंगलबार १७:o६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ का वनमन्त्री यादव बर्खास्त

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार १७:o६:oo

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख मिश्रले मन्त्री यादवलाई बर्खास्त गरेका हुन्।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले आइतबार मन्त्री यादवलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए। तर, मन्त्री यादवले पार्टीको निर्देशनविना राजीनामा नदिने अडान लिएपछि मुख्यमन्त्री राउतले मंगलबार उनलाई पदमुक्त गर्न प्रदेश प्रमुखलाई पत्र पठाएका थिए।

मंगलबार नै सो मन्त्रालयको जिम्मेवारी नेकपा समाजवादीका संसदीय दलका नेता शत्रुधन महतोलाई दिने तयारी भए पनि मुख्यमन्त्री काठमाडौंमा रहेकाले महतोको शपथग्रहण हुन नसकेको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए। अहिले उक्त मन्त्रालय मुख्यमन्त्री राउत आफैँसँग राखेका छन्। मुख्यमनन्त्री राउतले अहिले कानुन, न्याय तथा प्रदेश मामिला, वाणिज्य आपूर्ति तथा वातावरण मन्त्रालय पनि आफैँसँग राखेका हुन्।