Skip This
प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Tuesday, 16 September, 2025
गणेश लम्साल विराटनगर
२o७८ कार्तिक ३० मंगलबार o९:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार o९:२९:oo

प्रदेश १ का तेस्रो मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । पाँचदलीय गठबन्धनबाट १७ कात्तिकमा नियुक्त भएका मुख्यमन्त्री राईले आज प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री राईले २८ कात्तिकमा विश्वासको मत लिन प्रदेश १ सभा सचिवालयमा सूचना दर्ता गराएका थिए ।आज दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभामा हिउँदे अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री राईले दर्ता गराएको विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी गराए । 

प्रदेश १ मा २१ जना सांसद रहेको कांग्रेस, १५ सांसद रहेको  माओवादी केन्द्र, १० सांसद रहेको  एकीकृत समाजवादी, तीन सांसद भएको जनता समाजवादी र एकजना मात्र सांसद रहेको संघीय लोकतान्त्रिक मञ्च गठबन्धन रहेको सरकार  निर्माण भएको छ । ४१ जना सांसद रहेको नेकपा एमाले र एकजना मात्र सांसद भएको राप्रपा विपक्षी छन् । 

प्रदेश १ मा गठबन्धनको ५० मत छ भने विपक्षी एमालेको ४१ मात्र । एकजना मात्र सांसद भएको राप्रपा तटस्थ छ । यसैले मुख्यमन्त्री राईले आज सहजै विश्वासको मत प्राप्त गर्ने सम्भावना छ । पाँचदलीय गठबन्धनले आफ्ना सबै सांसदलाई सोमबारै विराटनगरमा बोलाएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन गरेको छ ।